रास्वपाका कार्यवाहक सभापति अर्यालले भने -  जनतालाई नेपाली हुँ भनेर गर्बको साथ भन्न सक्ने बनाउनु छ

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यो देशलाई सम्बृद्धि तिर लग्न र जनतालाई नेपाली हुँ भनेर गर्बको साथ भन्न सक्ने बनाउन मैदानमा उत्रिनु परेको उल्लेख गरेका छन् ।

हिजो रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएको थियो । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको आकस्मिक बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो ।

‘हामी यो देशलाई समृद्धि तिर लग्न र जनतालाई नेपाली हुँ भनेर गर्बको साथ भन्न सक्ने बनाउन मैदानमा उत्रेकाहौ त्यो तपाईं हामिलेनै गर्नुपर्नेछ,’ अर्यालले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वदेश तथा विदेश मा रहनुहुने सबै सदस्य र शुभचिन्तकहरुलाई सम्यमभैदिन अनुरोध गर्दछौँ ।’

श्रममन्त्रीसमेत रहेका अर्याल यसअघि पार्टीका उपसभापति समेत हुन् । उनी रास्वपाबाट समानुपातिक सांसदसमेत हुन् । उनलाई नै रास्वपाले संसदीय दलको नेता पनि चयन गरेको छ ।

 




 



  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार ७:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया