न्युजिल्याण्डले भारतलाई हरायो

भारतविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा पाहुना टोली न्युजिल्याण्ड २१ रनले विजयी भएको छ । यो जितसँगै तीन खेलको श्रृंखलामा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ ।​

एकदिवसीय सिरिज जिते पनि टी–२० मा भने भारतले हारबाट सुरुवात गर्‍यो । गएराति सम्पन्न खेलमा न्युजिल्याण्डले दिएको १ सय ७७ को लक्ष्य पछ्याउने क्रममा भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । उसका लागि वासिङ्टन सुन्दरले २८ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ५० रन बनाए । सूर्यकुमार यादवले ३४ बलमा ६ चौका र दुई छक्कासहित ४७ रन जोडे । 

कप्तान हार्दिक पाण्ड्या २१ र दीपक हूडा १० रनमा आउट भए । न्युजिल्याण्डका लागि माइकल ब्रेसवेल, कप्तान मिचेल सान्टनर, लकी फर्गुसनले तीन/तीन, इश सोढी र याकूब डफीले एक/एक विकेट लिए । त्यसअघि राँचीस्थित जेएससिए अन्तर्राष्ट्रिय स्टेडियम कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

उसका लागि ओपनर डेभन कन्वे र डारियल मिचेलले उत्कृष्ट ब्याटिङ गरे । ३० बलको सामना गरेका मिचेलले एक चौका र पाँच छक्कासहित अविजित ५९ न बनाए । ३३ बलको सामना गरेका कन्वेले सात चौका र एक छक्कासहित ५२ रनको पारी खेले ।  

त्यस्तै, फिन एलनले ३५ र ग्लेन फिलिप्सले १७ रन जोडे । भारतका लागि वासिङ्टन सुन्दरले दुई, कुलदीप यादव, शिवम मावी र अर्शदीप सिंहले एक/एक विकेट लिए । भारत–न्यूजिल्याण्डबीचको दोस्रो टी–२० आइतबार हुनेछ । 





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार ८:१९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया