कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित एक होटलमा आयोजित कार्यक्रममा गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।
उनलाई पार्टी प्रवेश गराएर पनि जिम्मेवारी भने तोकिएको छैन । यद्यपि उनलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिन लागिएको बताइएको छ ।
रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती एलिजाले केही फिल्म तथा म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।