सर्वोच्चको फैसलाले बदर भयो रवि लामिछानेको निकितासँगको कोर्ट म्यारिज पनि

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनले निकितासँग गरेको कोर्ट म्यारिज पनि बदर भएको छ ।

२०५० सालमा काठमाडौं जिल्ला प्रशासनबाट उनले लिएको नागरिकता २०७० सालमा उनले अमेरिकी नागरिकता लिए पछि बदर भएको सर्वोच्चले ठहर गरेको छ ।

योसँगै उनले सांसद, मन्त्री, संसदीय दलको नेता तथा पार्टी सभापतिको पदसमेत गुमाएका छन् ।

अवैध भएको त्यही नागरिकता प्रयोग गरेर रवि लामिछानेले कोर्ट म्यारिज गरेका थिए । उनले निकितासँग २०७७ साल माघ ८ गते काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए ।

कोर्ट म्यारिज बदर भएर निकितासँगको कानुनी सम्बन्ध शून्यमा परिणत भए पनि उनीहरुको सामाजिक र साँस्कृतिक सम्बन्ध भने कायम रहन्छ । कानुनी रुपमा विवाह कायम गराउन उनले नेपाली नागरिकता पुनःप्राप्ति गरेर फेरि काठमाडौँ जिल्ला अदादतमा निवेदन दिनुपर्छ ।





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार १८:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया