राष्ट्रपति एमालेले पाए उसलाई कसैले छुन नसक्ने माधव नेपालको धारणा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद नेकपा एमालेलाई कुनै पनि हालतमा दिन नहुने बताएका छन् । 

उनले एमालेले राष्ट्रपतिको माग राख्नु सत्ता कब्जा गर्ने दाउ भएको बताएका छन् ।

सप्तरीको राजविराजमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राष्ट्रपति निर्वाचनबारे नेकपा माओवादी केन्द्रले सोचविचार गर्नु पर्ने बताएका छन् । ‘सभामुख एमालेले पाइसकेको छ, राष्ट्रपतिमा अब कब्जा गर्ने र पछि प्रधानमन्त्रीमा कब्जा गर्ने सोचमा एमाले छ,’ उनले भने, ‘एमालेले राष्ट्रपति पायो भने उसलाई कसैले छुन सक्दैन ।’

नेपालले जसपालाई सरकारमा नल्याएर एमालेले नेतृत्वको संकीर्ण सोच छताछुल्ल भएको पनि बताएका छन् । 

जसपा र नेकपा एकीकृत समाजवादीको एकताको विषयमा चर्चा चलेकाले नै जसपालाई सरकारमा नलैजाने एमालेको सोच असहिष्णु भएको पनि उनले बताएका छन् ।





  • प्रकाशित मिति : माघ १४, २०७९ शनिबार १९:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया