बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले जिरोनाविरुद्ध १–० को संघर्षपूर्ण जित निकालेको हो ।
बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे । उनले खेलको ६१ औं मिनेटमा पेड्रीले जोर्डी अल्बाको पासमा गोल गरेका थिए । यो जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ ।
ऊ दोस्रो स्थानको रियल मड्रिडभन्दा ६ अंकले अगाडि रहेको छ । १२ औं स्थानको जिरोना २१ अंक जोडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।