म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा रिडीङलाई ३–१ ले हराउँदै युनाइटेड पाँचौं चरणमा प्रवेश गरेको हो ।
युनाइटेडको जितमा कासिमिरोले दुई र फ्रेडले एक गोल गरे । खेलको ५४ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए ।
५८ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडको अग्रता दोब्बर बनाए । खेलको ६५ औं मिनेटमा एन्डी कारोलले रातो कार्ड पाएपछि रिडीङ १० खेलाडीमा सीमित भयो ।
६६ औं मिनेटमा फ्रेडले गोल गर्दा युनाइटेडले ३–० को अग्रता लियो । खेलको ७२ औं मिनेटमा अमाडोउ सालिफले गोल गरे पनि रिडीङले हार टार्न सकेन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।