सरकारमा रहने वा नरहने विषयमा निर्णय लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वसभापति रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकारबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको छ । रास्वपाले आइतबार साँझसम्म सरकारमा रहने/नरहने विषयमा निर्णय लिने तयारी गरेको छ ।

संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेकाले आज बेलुकासम्म सरकारमा रहने वा नरहने विषयमा निर्णय लिने रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।  

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनः नलिएको भन्दै सर्वोच्च अदालतले शुक्रबार पार्टी अध्यक्ष, सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद खारेज भएको फैसला सुनाएको थियो ।

सर्वोच्चको फैसलासँगै चितवन–२ मा हुने उपनिर्वाचनमा रास्वपाले लामिछानेलाई नै उम्मेदवार बनाउने तयारीसमेत गरेको छ ।  
 





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १०:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया