दमकको बालाजी फर्निसिङमा आगलागी, लाखौँको क्षति

झापाको दमक नगरपालिका–६ मा रहेको बालाजी फर्निसिङमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । विकास भट्टराईले सञ्चालन गर्दै आएको फर्निसिङमा शनिबार बेलुका आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको हो । 

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान जलेका छन् । उनका अनुसार दमक, उर्लाबारी, गौरादहको दमकल, प्रहरी तथा स्थानीयवासीको सहायताबाट आगो निभाइएको हो । 

आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए ।

यही १ माघमा दमक–६ कै नमुना बजारका छवटा पसलमा आगजनी हुँदा २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।  





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १०:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया