रवि लामिछानेले लिए नागरिकता
फरकधार / १५ माघ, २०७९
फाइल तस्बिर

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकताको प्रमाणपत्र लिएका हुन् ।



लामिछानेले २०५० सालमा नै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । तर, पछि अमेरिका गएपछि उनले उतैको नागरिकता लिएका थिए ।

शुक्रबार सर्वोच्च अदालतले अमेरिकाबाट फर्किएपछि नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेपछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो । सर्वोच्चको फैसलापछि लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुन:प्राप्तिका लागि प्रक्रिया थालेका हुन् ।



लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र, तस्बिर र अनुसूची फारम भरेर पेस गरेपछि नेपाली नागरिकता पुन: पाएका हुन् । 



नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ। 

  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १३:५४:५६,   अन्तिम अपडेट : माघ १५, २०७९ आइतबार १३:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया