काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विभिन्न संगठनहरुले विरोध प्रदर्शन भएको छ । उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समितिलगायत काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।
महानगरपालिकाको ज्यादती बन्द गर, प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, सडक विस्तारका नाममा उठीबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
महानगरले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएकोले विरोध गर्नुपरेको उक्त प्रदर्शनमा सहभागी सुमन सायमीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।