नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अंकले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भएको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८३ अंकले ओरालो लागेर चार सय १० दशमलब ३१ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

कारोबार भएकामध्ये कूल ४८ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने एक सय ६१ कमपनीको मूल्यमा गिरावट भएको छ । त्यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर रू तीन अर्ब एक करोड ७० लाख ६३ हजार नौ सय ५६ मूल्यमा कारोबार भयो । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब २९ अर्ब ३० करोड ८५ लाख एक सय ७४ पुगेको छ ।

कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको रु नौ करोड ९९ लाख चार हजार तीन सय ९२ बराबरको कारोबार भयो । हिमालयन ऊर्जा विकास कम्पनी रू नौ करोड २१ लाख १८ हजार सात सय ४२, एनआइसी एशिया बैंकको रू सात करोड १३ लाख १८ हजार तीन सय एक, आँखु खोला जलविद्युत् कम्पनीको रू छ करोड ८३ लाख ७० हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू छ करोड ६२ लाख ४७ हजार सात सय ९३ बराबरको शेयर कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आर्दश लघुवित्त र सूर्योज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समृद्धि फाइनान्स छ दशमलब शून्य नौ, सिभिल लघुवित्त छ दशमलब शून्य आठ, सूर्याेदय बोमी लघुवित्त पाँच दशमलब २८, ग्रीनलाइफ इन्स्योरेन्स पाँच दशमलब शून्य सात र गणपति लघुवित्तका लगानीकर्ताले चार दशमलब ६८ प्रतिशतले गुमाएका छन् । 





  • प्रकाशित मिति : माघ १५, २०७९ आइतबार १६:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया