उपलब्धिहरू प्राप्तिको श्रेय शहीदलाई जान्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदलाई नै जाने बताएका छन् ।

‘शहीद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले प्रजातन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सम्पूर्ण शहीदहरूको योगदानको उच्च मूल्याङ्कन र शहीद परिवारजनमा उच्च सम्मान व्यक्त गरेका छन् । 

उनले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा सङ्घर्षमा आफ्नो जीवन आहुति दिने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘नेपाली जनताको लामो राजनीतिक सङ्घर्षपछि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर शहीदहरूको बलिदानीबाट प्राप्त यी उपलब्धिहरू सविधानमार्फत संस्थागत छन्’, उपराष्ट्रपति पुनले भनेका छन् ।   





  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार ७:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया