मोदीको द्रुत गतिको रेल योजना उद्घाटनमै फेल

एजेन्सी— भारतको सबैभन्दा द्रुत गतिको रेल आफ्नो पहिलो यात्रामा नै असफल भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झन्डा देखाएर उद्घाटन गरेलगत्तै उनको यो महत्वाकांक्षी योजना फेल भएको हो । 

भारतको उत्तर सहर बनारसदेखि नयाँ दिल्लीसम्मको रुटमा चल्न बनाइएको यो रेल बनारस पुगेर फर्किँदै गर्दा चामरोला स्टेसनमा रोकिनु परेको थियो । 

भारतका रेलमन्त्रीले जारी गरेको विज्ञप्तिअनुसार अन्तिम चार कोचसँगको सम्पर्क सहज हुन नसकेपछि रेल केहीबेर रोकेर परीक्षण गरि दिल्ली पुर्याइएको थियो ।

मोदीको यो महत्वाकांक्षी परियोजना थियो । १६० किलोमिटर प्रतिघन्टा चल्न सक्ने यो रेललाई भारतले वन्दे भारत एक्सप्रेस नाम दिएको छ । मोदीको योजना ‘मेक इन इन्डिया’को प्रोडक्टका रुपमा व्यापक चर्चा गरिएको यो रेललाई त्यहाँको सरकारले भारतको शक्तिका रुपमा परिभाषित गर्दै आएको थियो ।

रेलमा ११२८ जनाले एकै पटकमा यात्रा गर्न सक्छन् । नयाँ दिल्लीदेखि बनारससम्मको ४६७ माइलको यात्रा यो रेलले आठ घन्टामा पूरा गर्छ । यही रुटमा चल्ने अन्य रेलका लागि यो दूरी पूरा गर्न ११ घन्टाभन्दा बढी लाग्छ ।

आइतबार पहिलो व्यावसायिक ट्रिप सुरु गरेको यो रेलका लागि दुई हप्ताको टिकट बिक्री भइसकेको रेलवे मन्त्री पियुस गोयलले ट्विटरमार्फत् जानकारी दिएका थिए ।





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया