नेकपा एकीकृत समाजवादीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदैछ । एकीकृत समाजवादीको प्रचार विभागका अनुसार पार्टीले आज बिहान ९ बजे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
नेकपा एसले देशको आर्थिक संकट र समाधानका विषयमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापन बुझाउन लागिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि एकीकृत समाजवादी सरकारमा भने सहभागी भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।