माओवादीको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका विषय

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न सोमबार सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको महासचिव देव गुरुङले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे बस्ने बैठकमा २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनको विषयमा पनि छलफल हुनेछ । 

सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइसकेको छ । 

यसअघि आजका लागि बोलाइएको स्थायी कमिटी बैठक भोलिका लागि सारिएको छ ।   





  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार ८:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया