बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा भक्तपुर निवासी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो । 

उनी नेकपा माओवादी केन्द्रका केन्द्रीयसमेत सदस्य हुन् । प्रदेश सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक बस्न नसकेको भन्दै आलोचना भएपछि मंगलबार कुनै प्रस्ताव बिना नै बैठक बसेको बताइएको छ । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको विषयमा पनि छलफल भएको भए पनि निर्णय भएन भएन ।  





  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार ११:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया