कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा मुक्तकमैया शिविरमा सोमबार मध्यराति एक युवकले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।
प्रहरीका अनुसार सोमबार राति बाघमाराका ४० वर्षीय श्रीराम चौधरीले आफ्नै आमा ७१ वर्षीया लगनीदेवी थरूनीलाई घरमै बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
बन्चरो प्रहारबाट लगनीको कम्मर र खुट्टामा गम्भीर चोट लागेका कारण उनको उपचारका लागि सुखडको लालरत्न अस्पतालबाट रेफर गरी धनगढीको नवजीवन अस्पतालमा पुर्याएको थियो । उपचारका क्रममा लगनीदेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा श्रीराम थारूलाई इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरिसकेको छ । उनी घरभन्दा करिब ८ किलोमिटर टाढा लुकेर बसेको समयमा पक्राउ परेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।
वृद्धभत्ताको रकम माग्दा नदिएका कारण श्रीरामले आमालाई बन्चरो प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।