भारतीय धनाढ्य अडानीले ३ दिनमा गुमाए ८५ खर्ब

भारतीय धनाढ्य गौतम अडानीले ३ दिनमा ६५ अर्ब डलर अर्थात् ८५ खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । अडानी समूहका कम्पनीको शेयर मूल्य घटेपछि उनको सम्पत्तिमा पनि गिरावट आएको हो । 

२५, २७ र ३० जनवरीका २ कारोबार दिनमा उनका कम्पनीको शेयर मूल्य २९ प्रतिशतले घटेको छ । अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिंडनबर्गले अडानीका कम्पनी र लगानीमाथि प्रश्न उठाउँदै प्रतिवेदन सार्वजनक गरेका कारण उनका कम्पनीको शेयर मुल्य घटेको हो । 

सम्पत्ति घटेसँगै अडानी विश्वको पाँच धनी व्यक्तिको सूचीबाट हटेका छन् । उनी अहिले विश्वको आठौं धनी व्यक्ति बनेका छन् ।  





  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार १४:३८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया