नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताएका छन् ।
कांग्रेस तनहुँले मंगलबार आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले सहमति, सहकार्य र एकताले नै देशको प्रगति हुने धारणा व्यक्त गरे ।
राष्ट्रिय सहमतिका लागि आफूले विगतदेखि नै आवाज उठाउँदै आएको उनले उल्लेख गरे । वरिष्ठ नेता पौडेलले पार्टीमा गुटबन्दी हुँदा कमजोर भएको चर्चा गर्दै राजनीतिक पार्टीबीच दलबन्दी हुँदा देश कमजोर हुने टिप्पणी गरे ।
उनले जनतालाई शक्तिशाली बनाउन दलको आवश्यकता भएको उल्लेख गर्दै दलका नेताहरूलाई जनतामुखी बन्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, काङ्ग्रेस जिल्ला सभापति जीतप्रकाश आले, पूर्वसभापति बैकुण्ठ न्यौपानेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।