माओवादी स्थायी कमिटी बैठक बस्दै, राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । बैठक आज दिउँसो पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकमा राष्ट्रपति, गृहमन्त्रीका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीका सदस्यहरूको धारणा बुझ्नेछन् । निर्वाचन आयोगले आगामी २५ फागुनमा राष्ट्रपतिको निर्वाचन घोषणा गरिसकेको छ । त्यस्तै, ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन गर्ने तालिका छ ।

निर्वाचन मितिसमेत तय भइसकेको अवस्थामा माओवादीले राष्ट्रपतिबारे छलफल गर्न लागेको हो । प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनमा जोड दिँदै आएका छन् ।

सत्ता साझेदार ठूलो दल नेकपा एमालेले भने सरकार गठनकै बेला राष्ट्रपति आफूले पाउने सहमति भएको दाबी गर्दै आएको छ । तर प्रधानमन्त्री प्रचण्डले भने आफूलाई चुनौती नदिने व्यक्तिलाई राष्ट्रपति बनाउन चाहिरहेका छन् ।   





  • प्रकाशित मिति : माघ १८, २०७९ बुधबार ७:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया