सडकमा नाचिरहेको भिडियो सार्वजनिक गरेका कारण इरानले २० वर्षमाथिका एक जोडीलाई १० वर्षको जेल सजाय सुनाएको छ । उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोपमा दोषी ठहर भएपछि उक्त जोडीलाई १० वर्ष जेल सजाय सुनाइएको हो ।
सार्वजनिक भिडियोमा उनीहरू तेहरानस्थित आजादी (फ्रिडम) टावर अगाडि नाचिरहेको देखिन्छन् । आचार व्यवहार निगरानी गर्ने विशेष प्रहरीले नियन्त्रणमा लिएको एक महिलाको मृत्यु भएपछि विरोध प्रदर्शनमा उत्रिएका मानिसहरूलाई सरकारी अधिकारीहरूले कडा सजाय दिइरहेका छन् ।
यद्यपि उक्त जोडीले आफ्नो नृत्यलाई इरानमा जारी विरोध प्रदर्शनसँग सम्बन्धित रहेको बताएका थिएनन् । एक स्रोतले बीबीसी मोनिटरिङलाई पुष्टि गरेअनुसार दुईजनाको जोड्दा झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत भिडियो सार्वजनिक भएपछि उनीहरू पक्राउ परेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।