नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्न लागेको हो ।
राष्ट्रियसभा उपाध्यक्ष र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बस्न लागेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
आजको बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेसँगै कांग्रेसले छलफललाई तीव्रता दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति पद पाउनपर्ने बताउँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।