विराटनगर पुगेर ओलीले भने – गृहमन्त्री रास्वपाले पाउने सहमति छ
फाइल तस्बिर

सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै पाउनुपर्ने बताएका छन् । शक्ति बाँडफाँटका क्रममा गृह मन्त्रालय रास्वपालाई दिने सहमति भइसकेकाले अहिले पनि सोही सहमति कायम हुनुपर्ने ओलीको भनाइ छ ।

‘पहिला रविजी गृह मन्त्री हुनुभयो । गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो । अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ बिहीबार विराटनगर विमालस्थलमा सञ्चारकर्मीसँग ओलीले भने ।  

उनले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताए । गृह मन्त्रालयका कारण सत्ता साझेदार दलहरूमा खटपट भएको चर्चा हुन थालेको छ ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमाले गृह मन्त्रीमा रविलाई नै दोहोर्याउन चाहन्छ । प्रधानमन्त्री प्रचण्ड भने उनलाई गृहमन्त्री नदिने अडानमा छ । प्रधानमन्त्रीको अडान कायमै रहेकाले रास्वपा सरकारबाट बाहिरिने आँकलन पनि हुन थालेको छ । 
 





  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार १२:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया