विकास र समृद्धि नयाँ शक्तिको मूल एजेण्डा: डा.भट्टराई

गलकोट– पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले विकास र समृद्धि नयाँ शक्ति पार्टीको प्रमुख एजेण्डा भएको बताएका छन् ।  

नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत बागलुङकोे गलकोट पुगेका डा.भट्टराइले स्रोत र साधनले भरिएको मुलुकमा नयाँ योजनाका साथ अगाडि बढेमा समृद्धि टाढा नभएको बताए । 

उनले अबको पाँच वर्षमा गरीबी अन्त्य गर्ने, १५ वर्षमा मध्यमस्तरमा पुग्ने र २५ वर्षमा विश्वकै धनी देशका रुपमा नेपालाई चिनाउने नयाँ शक्ति पार्टीको लक्ष्य रहेको बताए । 

मध्यपहाडी पुष्पलाल लोकमार्गले पहाडको समृद्धिको ढोका खोलेको उनको भनाई थियो ।

डा. भट्टराईले सरकारले भ्रष्टाचार निर्मूल पार्नुको साटो भ्रष्टचारीलाई प्रश्रय दिने खालको गतिविधि गरेको आरोप लगाए ।

आगामी फागुन १५ गते बैतडीको झुलाघाट पुगेर सम्पन्न हुने सो यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको निरीक्षण गरिने डा.भट्टराईले बताए । 





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार ९:२४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया