क्रिकेटर क्रिस गेलले विश्वकप पछि एक दिवसीय खेलबाट सन्यास लिने

एजेन्सी– वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले विश्वकप पछि एक दिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन् । वेष्ट इन्डिज क्रिकेटले ट्विट गर्दै यसकाे जानकारी  दिएकाे हाे । 

विश्वकप २०१९ काे मे देखि जुलाईसम्म वेष्ट इन्डिज र इंग्ल्यान्डमा हुनेछ । 

गेल  वेष्ट इन्डिजका सबैभन्दा धेरै शतक बनाउने खेलाडी हुन् र वेष्ट इन्डिजका लागि वनडे क्रिकेटमा ब्रायन लारापछि सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान हुन् ।

गेलले अहिलेसम्म २८४ वनडे खेलमा ९७२७ रन बनाएका छन्, जसमा २३ शतक र ४९ अर्धशतक रहेका छन् । सबैभन्दा धेरै शतक बनाएका ब्रायन लाराकाे वनडेमा १०,४०५ रन रेकर्ड छ । 

३९ वर्षीय गेलले २०१५ काे विश्वकपमा जिम्बाबेविरुद्ध २१५ रन बनाएका थिए । 

उत्कृष्ट ब्याट्सम्यानबाहेक उनले बलिङ र फिल्डिङका लागि पनि टिमलाई सहयाेग गर्थे । गेलले अहिलेसम्म १६५ विकेट लिएका छन् । फिल्डिङमा पनि उनले सबैभन्दा धेरै १२० पटक क्याच गरेकाे रेकर्ड छ । वेष्ट इन्डिजमा सबैभन्दा धेरै क्याच लिने खेलाडीहरु कार्ल हुपर र ब्रायन लारासँगै गेलकाे नाम स‌ंयुक्त रुपमा पहिलाे स्थानमा छ । 



गेल अहिले इंग्ल्यान्डसँगकाे एक दिवसीय सिरिजमा खेल्न लागेका छन् । 



  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार ९:४९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया