सांसद चौधरी कैलाली प्रहरीकाे नियन्त्रणमा, आज अदालतमा पेस गरिँदै

बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ती पार्टीका प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई काठमाडौं हुँदै धनगढी ल्याइएको छ । सुरुमा सडक मार्ग हुँदै बाँकेबाट धनगढी ल्याउने तयारी गरिएको भए पनि सुरक्षा चुनौती भन्दै उनलाई जहाजबाट धनगढी ल्याइएको हो ।

बिहीबार राति बाँके–धनगढी विमान नहुँदा चौधरीलाई काठमाडौंं लगिएको थियो । उनलाई काठमाडौंबाट बिहीबार साँझ श्रीएयरलाइन्सको विमानमार्फत धनगढी ल्याइएको हो । 

धनगढी ल्याइएका चौधरीलाई प्रहरीले बिहीबार राति जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा राखेको छ । चौधरीलाई आज जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

३ भदौ २०६६ मा लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनालाई ९ वैशाख २०७० मा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनू भन्दै फैसला सुनाएको थियो । 

आफ्नो कैद भुक्तान नगरेका चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेस गर्ने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टीले भने उनको रिहाइको माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । 





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार ७:२४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया