माओवादी स्थायी कमिटी बैठक फेरि स्थगित
News

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्थताका कारण बैठक सारिएको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो । १२ माघदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक बस्दै र सर्दै आएको छ । 

आज बस्ने बैठकमा पार्टी एकता, नेताहरूको कार्यविभाजनलगायतका विषयमा निर्णय लिने कार्यसूची थियो ।  





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १३:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया