भारतीय राजदूत श्रीवास्तव भन्छन् - नेपालको विकास भारतको प्राथमिकतामा छ

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको विकास भारतका लागि प्राथमिकतामा रहेको बताएका छन् । नेपाल भारत मैत्री युवासंघले जनकपुरधाममा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले नेपालको विकासले भारतलाई नै फाइदा पुग्ने बताएका हुन् ।

उनले भने, ‘मधेस प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ, यहाँको धार्मिक पर्यटनलाई नेपाल सरकार र भारत सरकार सँगै मिलेर अगाडी बढाउनु पर्छ ।’ यसले नेपाल भारत दूबै देशलाई फाइदा पुग्ने छ ।’

उनले नेपाल र भारत बिच मित्रतालाई मात्रै प्रगाढ बनाउन नभई विकासको बाटोमा सँगसँगै हिँड्नु आवश्यक रहेकोसमेत बताए । यसका लागि नेपाल र भारत सरकार मिलेर काम गरिरहेको उनको भनाइ थियो । 

भारतको सीमासँग जोडिएको मधेस प्रदेश पनि भारत सरकारको प्राथमिकतामा रहेको राजदूत श्रीवास्तवले बताए । नेपालमा रेल सेवाको पुनः आरम्भ, विभिन्न विद्यालयहरूको भवन निर्माण, खानेपानीको विभिन्न योजना यसकै उदाहरण रहेको उनले बताए । मधेस प्रदेशको विकासका लागि धार्मिक पर्यटनको क्षेत्रमा जोड दिनुपर्ने राजदूत श्रीवास्तवको भनाइ थियो । 





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १५:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया