चितवनका किसानले तरकारी सडकमै फालेपछि रविले भने - समस्या थाहा छ, समाधान खोज्ने छौँ

स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरूले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त समस्यासँग आफू जानकार भएको बताएका छन् । 

दर्दनाक अवस्थाको अन्त्य गर्न लागी पर्ने बताउँदै उनले समस्या थाहा भएको र समाधान खोज्ने सामाजिक सञ्जालमा लेखेका छन् ।

‘प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान । देशका किसानले उत्पादन गरेको तरकारीको मूल्य छैन,बजार छैन’, उनले लेखेका छन्, ‘किसानले सुनौलो भविष्यको सपना बुन्दै उत्पादन गरेको तरकारी मूल्यहीन बनेर सडकमा फाल्नु पर्ने यो दर्दनाक अवस्थाको अन्त्य गर्न लागी पर्ने छौँ। समस्या थाहा छ, समाधान खोज्ने छौँ। प्रिय चितवन, केही दिनमा भेट्न  आउदैछु है।’

किसान मारमा परेको भन्दै चितवनको नारायणगढ पुल्चोकमा काँक्रा, गोलभेँडा, काउली, बन्दा लगायतका तरकारी फालेर आन्दोलन गरेका हुन् । भारतीय तरकारीको जथाभाबी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै किसानले आक्रोश व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १८:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया