‘पुलवामा आक्रमण’बारे आपत्तिजनक स्ट्याटस लेख्ने महिलाको घर जलाइयो

एजेन्सी– भारतको कर्नाटक राज्यकी एक महिलालाई पुलवामा आक्रमणको बारेमा आपत्तिजनक स्ट्याटस लेखेको भन्दै प्रहरीले गिरफ्तार गरेको छ । सामाजिक सञ्जालमा उनले पाकिस्तानको तारिफ गर्दै भारतीय सेनाविरुद्ध लेखेकी थिइन् । 

आक्रोशित भएका स्थानीयले प्रहरीले ती महिलालाई गिरफ्तार गरेपछि उनको घर जलाएका छन् । 

प्रहरीले उनीविरुद्ध स्थानीय अदालतमा मुद्दा चलाउने जानकारी दिएको छ । ती महिलालाई इन्डियन पेनल कोर्डको धारा १२१ ए,  १५३ र १५३ ए अन्तर्गत मुद्दा चलाइनेछ । 

प्रहरीले उनलाई पक्राउ गरेपछि स्थानीयले ती महिलाको घर तोडफोड गरी आगो लगाएका थिए । 

केही मानिसले ती महिलाले पाकिस्तानको प्रशंसा गर्दै सामाजिक सञ्जालमा लेखेको भन्दै प्रहरीमा उजुरी गरेका थिए । 





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार ११:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया