माधव नेपालले भने - एकीकृत समाजवादीबाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी पर्दैन
फाइल फाेटाे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नपर्ने बताएका छन् । राष्ट्रियसभा उपाध्यक्ष चयनमा विपक्षी दलहरूले साझा उम्मेदवार उठाउने विषयमा छलफल गर्न डाकेको बैठकबाट निस्किने क्रममा उनले त्यस्तो बताएका हुन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल भइरहेको छ । सो बैठकमा सहभागी भएर नेपाल भने बाहिरिएका हुन् ।

विपक्षी गठबन्धनको उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएर बैठकबाट फर्केको उनले बताएका छन् । कांग्रेसले यसअघि नै उम्मेदवारी दिने निर्णय लिइसकेको छ । जसको समर्थनका लागि विपक्षी दलका नेताहरूलाई बैठकमा बोलाएर धारणा मागिएको हो।

कांग्रेसले उम्मेदवार भने तोकिसकेको छैन। २३ माघमा हुने निर्वाचनका लागि भोलि मनोनयनको तालिका छ। 





  • प्रकाशित मिति : माघ २१, २०७९ शनिबार ११:४६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया