हाम्रो पार्टीको सिद्धान्त कस्तो छ, हाम्रै व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीको पाँचौँ केन्द्रीय कमिटीको बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै  पार्टीले लिएको सिद्धान्त सही छ कि गलत छ त्यो व्यवहारले देखाउने बताए ।

‘सिद्धान्तको रङ खैरो हुने तथा व्यवहारको रङ हरियो हुन्छ, हामी समाज बदल्न चाहन्छौँ, हामी संसार बदल्न चाहन्छौँ, हामी कम्युनिष्ट क्रान्तिकारी भएकाले माक्र्सवाद लेलिनवादको मार्गदर्शनमा हिड्छौँ ’, अध्यक्ष नेपालले भने । प्रतिवेदन प्रस्तुतका क्रममा उनले सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधानका लागि समाजका विभिन्न वर्गहरुको विश्लेषण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने जानकारी गराए । 

उनले भने, ‘हामी कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता हौँ भनेर गौरव बोकेर पार्टी नीति, सिद्धान्तअनुसार काम गर्नुपर्छ ।’ अध्यक्ष नेपालले नेपाली जनताले आफ्नो संविधान आफैँ निर्माण गर्नुपर्छ भन्ने मान्यताअनुसार राजा हटाएर संविधानसभाको निर्वाचन सम्पन्न गरी संविधान निर्माण गरेकाले त्यो संविधानप्रति बफादार भएर काम गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : माघ २१, २०७९ शनिबार १८:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया