‘नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी’ पुस्तक विमोचन

रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी’ पुस्तक विमोचन गरिएको छ । 

द्वारिकादेवी ठकुरानी नेपालको राजनीतिक इतिहासकी पहिलो चर्चित नारी पात्र हुन् । झण्डै ६ दशकअघि सुदूरपश्चिमको बन्द समाजबाट नारी स्वतन्त्रताको जेहाद छेड्दै सिंहदरबारसम्मको सफल राजनीतिक यात्रा गरेकी उनी नेपालकी पहिलो निर्वाचित सांसद र पहिलो महिला मन्त्री हुन् ।

लेखक, सम्पादक तथा अनुसन्धाता भण्डारीले यस पुस्तकमार्फत राणाकालदेखि बहुदलसम्मको कालखण्डका ठकुरानीका निजी तथा राजनीतिक जीवनका उतारचढाव, सङ्घर्ष र सफलतालाई शोध खोजसहित बाहिर ल्याउने प्रयास गरेका छन् । 

लेखक, सम्पादक तथा अनुसन्धाता रतन भण्डारी

काठमाडौंमा आज उक्त पुस्तकको नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावल र कांग्रेस नेता रमेश लेखकले आज संयुक्त रूपमा विमोचन गरेका हुन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताए । राजनीतिक रूपमा देखिएका समस्यालाई हल गर्दै जानका लागि आफ्नो पार्टी लागेको उनको भनाइ थियो । 



द्वारिकादेवी ठकुरानीलाई नेपालको पहिलो सफल महिला मन्त्रीको रूपमा आफूले पाएको स्मरण गरे । कांग्रेसले द्वारिकादेवी ठकुरानीको पद चापलाई पछ्याउँदै अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।



  • प्रकाशित मिति : माघ २१, २०७९ शनिबार १९:५४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया