टाइट बेल्ट लगाउनुहुन्छ ? हर्निया र इन्फर्टिलिटी हुन सक्छ

केही मानिसहरु आवश्यकता भन्दा धेरै टाइट बेल्ट लगाउँछन् । टाइट बेल्ट लगाउने बानी तपाईलाई धेरै महंगो पनि पर्न सक्छ । पुरुष र महिला दुवैलाई टाइट बेल्ट लगाउनाले गम्भीर समस्याको सामना गर्नु पर्ने अवस्था आउन सक्छ । 

हामीले बेल्ट लगाउने ठाउँमा शरीरका महत्वपूर्ण अंग हुन्छन् । लामो समयसम्म टाइट बेल्ट लगाउँदा धेरै स्वास्थ्य समस्या हुन सक्छ । 

कतिपय मानिसहरु आफ्नो पेटलाई सानो बनाउन, मोटोपन लुकाउन टाइट बेल्ट लगाउने गर्छन् । मोटोपन लुकाउनका लागि बजारमा विशेष किसिमका बेल्टहरु पनि पाइन्छ, जुन टाइट हुन्छन् । टाइट बेल्ट शरीरका लागि निकै हानिकारक हुन्छन् । यसबाट हुन सक्ने समस्या यहाँ उल्लेख गरिएको छः   

एसिड रिफलेक्स 

दिनभरी टाइट बेल्ट लगाउँदा एसिड रिफलेक्स वा हार्ट बनको समस्या हुने खतरा धेरै हुन्छ । टाइट बेल्टले पेटमा दवाब दिन्छ । जसले खाना पचाउनका लागि बन्ने एसिड आफ्नो सीमा पार गर्दै फोक्सो र घाँटीसम्म पुग्छ । यसले गर्दा टाइट बेल्ट लगाउने मानिसमा छाती पोल्ने, पाचन प्रक्रियामा समस्या आउने, कब्जियत हुने आदि समस्या हुन्छ ।

लामो समयसम्म यस्तो समस्या भएमा घाँटीको क्यान्सरसमेत हुन सक्ने खतरा रहन्छ । 



प्रजनन क्षमतामा कमी 

लामो समयसम्म टाइट बेल्ट लगाउने पुरुष र महिला दुवैको प्रजनन क्षमतामा कमी आउन सक्छ । यसले इन्फर्टिलिटी हुने खतरा बढाउँछ । टाइट बेल्टले पेल्भिक एरियामा दवाब पुग्छ, जुन प्रजननको महत्वपूर्ण अंग हो । 



योबाहेक टाइट बेल्टको कारण प्राइभेट अंगसम्म हावा ठिकसँग पुग्न पाउँदैन र बडी टेम्प्रेचर बढ्छ र स्पर्मको संख्या घट्छ । 

हर्नियाको समस्या 

टाइट बेल्टले तपाईमा हर्नियाजस्तो गम्भीर समस्यामा ल्याउन सक्छ । हायटल हर्नियाको अवस्थामा पेटको माथिल्लो भागमा डायाफ्राम कमजोर हुँदा शरीरभित्रको एसिड रोक्न सकिँदैन् । यो एसिड पेटको नलीमा पुगेर तापक्रम बढाउँछ, जसले हाम्रो छाती पोल्ने र दुखाइ महसुस हुन्छ । 

 

  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १३:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया