एमालेले खल्तीबाट निकालेका व्यक्तिलाई राष्ट्रपति बनाए संविधान र लोकतन्त्र धरापमा पर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा सामेल नहुँदैमा कांग्रेस सकियो भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्। नेपाल प्रेस युनियन मधेश प्रदेशको प्रथम अधिवेशनलाई बारामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।  

उनले एमालेका केही नेताले खल्तीबाट निकालेका पात्रलाई राष्ट्रपति बनाएमा संविधान र लोकतन्त्र जोखिममा पर्ने बताए। एमालेले खल्तीको पात्रलाई राष्ट्रपति उम्मेवार बनाउन लागेको उनको टिप्पणी थियो । 

प्रधानमन्त्रीलाई भेटेर आफूले राष्ट्रपतिका लागि संयम हुन आग्रह गरेको उनले बताए । एमालेका नेताले खल्तीबाट निकालेका व्यक्तिलाई राष्ट्रपति बनाएमा संविधान र लोकतन्त्र र देशै धरापमा पर्ने उनको दाबी थियो । 





  • प्रकाशित मिति : माघ २१, २०७९ शनिबार २२:३०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया