वल्भ्सविरुद्ध लिभरपुल ३–० ले पराजित

इंग्लिस प्रिमियर लिगमा वल्भ्सविरुद्ध लिभरपुलले फराकिलो हार बेहोरेको छ । गएराति मोलिनेअक्स स्टेडियममा भएको खेलमा लिभरपुलले घरेलु टोली वल्भ्ससँग ३–० को हार बेहोरेको हो ।

वल्भ्सलाई जिताउन क्रेइग डसन र रुवेन नेभेसले एक/एक गोल गरे । वल्भ्सले एक गोल भने उपहार प्राप्त गर्‍यो । पहिलो हाफमै दुई गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल बेहोर्‍यो ।

खेलको पाँचौं मिनेटमा जोएल मटिपले आत्मघाती गोल उपहार दिएपछि लिभरपुल खेलमा पछि परेको थियो । १२औं मिनेटमा क्रेइग डसनले गोल गर्दै वल्भ्सलाई पहिलो हाफमै २–० को अग्रता दिलाए । 

खेलको ७१औं मिनेटमा रुवेन नेभेसले गोल गर्दै वल्भ्सलाई ३–० को जित दिलाए । यो जितसँगै वल्भ्स २१ खेलबाट २० अंक जोडेर १५औं स्थानमा उक्लिएको छ ।

पराजित लिभरपुल २० खेलबाट २९ अंक जोडेर १०औं स्थानमा झरेको छ । लिगको शीर्ष स्थानमा रहेको आर्सनलले समान खेलबाट ५० अंक जोडेको छ । 





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार ७:५३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया