राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज, भोलि निर्वाचन

राष्ट्रिय सभा उपाध्यक्षका लागि मनोनयन दर्ता आज हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा  मनोनयन दर्ताको कार्यक्रम रहेको हो ।

संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः१५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचनको कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो । 

राष्ट्रिय सभा उपाध्यक्षमा सत्तारुढ दल र कांग्रेसले उम्मेदवारी दिने बताइएको छ । सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रूपमा अघि सारेको छ । विपक्षी दलले भने आज उम्मेदवार चयन गर्दैछन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी दलहरूको बैठक आज पनि बस्दैछ । 

शनिबार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भएको थियो । यद्यपि सो बैठकमा निष्कर्ष निस्कन सकेन । जसकारण बैठक फेरि आज बिहान बस्न लागेको हो । 





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार ८:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया