आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला २ हजार रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको छ ।
आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।