दक्षिण कोरियामा डुंगा पल्टिँदा ९ जना बेपत्ता

दक्षिण कोरियामा माछा मार्ने एउटा डुंगा दुर्घटना हुँदा ९ जना बेपत्ता भएका छन् । दक्षिण पश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन् ।

गृह मन्त्रालयका अनुसार शनिबार राति सिनान काउन्टीको तटीय क्षेत्रमा २४ टन तौल भएको उक्त जहाज पानीमा पल्टिएको हो । चालक दलका तीन सदस्यलाई नजिकैको डुङ्गाले उद्धार गरे पनि दुई विदेशीसहित अन्य ९ जना हराइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्‍तिमा उल्लेख छ ।

बेपत्ताको खोजीका लागि एक दर्जनभन्दा बढी पानीजहाज, तटीय सुरक्षाकर्मी र नौसेनाका तीन वटा विमान परिचालन गरिएको जनाइएको छ । आन्तरिक मामिला मन्त्री ली साङ–मिनलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले चालक दलका अधिकांश सदस्यले डुङ्गा छोडेको अनुमान गरिएको छ ।

राष्ट्रपति युन सुक योलले उद्धार कार्यका लागि अधिकतम प्रयास गर्न आग्रह गर्दै खोजी क्षेत्र फराकिलो बनाउन ‘उपलब्ध सबै स्रोत साधन’ परिचालन गर्न आदेश दिएको उनको कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १२:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया