पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ । उनको उपचारका क्रममा दुबईमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

७९ वर्षका उनी एमलोइडोसिस् रोगबाट पीडित थिए । मुसर्रफको ३ हप्तादेखि अस्पतालमा भर्ना थिए । पूर्व सेनाप्रमुखसमेत रहेका उनको निधनमा सेनाको मिडिया विङ्सले समवेदना सन्देश निकालेर भनेको छ, ‘अल्लाहले दिवंगत आत्मालाई शान्ति र शोक सन्तप्त परिवारलाई शक्ति दिऊन् ।’

१८ वर्षको उमेरमा सन् १९६१ मा सैनिक एकेडेमीमा भर्ना भएका उनी सेनाको प्रमुख बनेका थिए । सन् १९९९ मा सैनिक कुमार्फत उनले सत्ता हात पारेका थिए । 

मुसर्रफले सैनिक कु गर्नुअघि नवाज सरिफ प्रधानमन्त्री थिए र मुसर्रफलाई सरिफले नै सेना प्रमुख नियुक्त गरेका थिए । सैनिक कुबाट पाकिस्तानको कार्यकारी अधिकार हातमा लिएका मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए । 

सन् २००८ को चुनावमा मुसर्रफको दलले चुनाव हारेपछि उनी दुबई र लण्डनमा निर्वासनमा गएका थिए र सन् २०१३ मा पाकिस्तान फर्केका थिए । स्वदेश फर्केपछि उनीमाथि विभिन्न मुद्दा लागेको थियो । 

सन् १९४३ मा  दिल्लीको उर्दु भाषी परिवारमा जन्मेका उनले सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा परिवारसँगै भारत छाडेका थिए । 





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १३:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया