कांग्रेस सरकारबाहिर रहँदा पानीविनाको माछाजस्तै छट्पटायो : केपी ओली

सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाहिर रहँदा पानीविनाको माछाजस्तै नेपाली कांग्रेस छट्पटाएको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारबाहिर रहँदा कांग्रेस पानीविनाको माछाजस्तै छट्पटाएको बताएका हुन् ।

संसदमा कांग्रेसले निभाएको भूमिकाप्रति आशंका उब्जाएका उनले आफूलाई प्रतिपक्षीको रुपमा कांग्रेसले स्विकार्नसमेत नसकेको टिप्पणी गरे । 

संविधान जारी भएपछि सातवटा प्रधानमन्त्री बनेको भन्दै उनले विगतजस्तै फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए । 





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १५:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया