कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाल शान्ति सुरक्षाको अवस्था बुझन जिल्ला–जिल्लामा पुगेका छन् । भर्खरै मात्र प्रदेश प्रहरी प्रमुख भएर आएका प्रहरी नायव महानिरीक्षक ढकालले माघ १२ गते जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए ।
१३ माघमा १० जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे भिडियोमार्फत जानकारी लिएका ढकालले माघ १५ गते नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश, सुर्खेत र तालिम केन्द्र (हाल नेपालगन्ज) बाँकेमा निरीक्षण गरेका थिए ।
माघ १६ गते नेपाल प्रहरी विशेष सुरक्षा गण, सुर्खेत (हाल नेपालगन्ज) बाँकेको निरीक्षण गरेका थिए । आइतबार स्थलगत रुपमा शान्ति सुरक्षाको अवस्था बुझ्न महानिरीक्षक ढकाल जाजरकोट पुगेका थिए । प्रदेशका सबै जिल्लामा पुगेको त्यहाँको अवस्था र नागरिकको अपेक्षासमेत बुझ्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
दरबन्दी अनुसारको प्रहरी कर्णाली प्रदेशमा नभए पनि भएको जनशक्तिले राम्रो काम गरेको समेत बताए । जिल्लाको सुरक्षा समितिको बैठकमा समेत सहभागी भएर जिल्लाको समग्र सुरक्षा तथा भूगोलमा विषयमा समेत जानकारी लिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।