पूर्वसांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउन आदेश दिएको छ। चौधरी कैलालीको टिकापुर घटनाका योजनाकार रहेको अभियोगमा जेलमा छन् ।
२०७२ भदौ ७ गते टिकापुरमा थारुवान आन्दोलनको क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मी मारिएका थिए। सोही मुद्दामा जिल्ला र उच्च अदालतले जन्मकैदको फैसला गरेपछि यो मुद्दा सर्वोच्च पुगेको हो।
कर्तव्य ज्यानको मुद्दामा रेशमलाल चौधरीसहित सिताराम चौधरी, हरिनारायण चौधरी, गंगाराम डगौरा चौधरी, वीरबहादुर चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा चौधरी, राजेश चौधरी, प्रदीप चौधरी र लक्ष्मण थारुले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए।
उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला भएपछि त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका हुन्।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।