हवाई सेवा सुरक्षित बनाउन आदेशको माग गर्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा नेपालमा हवाई सेवालाई सुरक्षित बनाउन नागरिक उड्डयनसँगसम्बन्धी प्रभावकारी कानून बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ताद्वय मनीषकुमार श्रेष्ठ र कल्पना भाट रिजालले आइतबार दायर गरेको रिट निवेदनमा हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउन आदेश माग गरिएको छ ।

रिट निवेदनमा भनिएको छ, ‘हवाई सेवा लिने नेपालीले नेपालको संविधानको धारा, १६ बमोजिम सम्मानपूर्वक बाँच्न पाउने हकको उल्लङ्घन हुन पुगेको छ, नेपाल अब हवाई सेवालाई सुरक्षित, भरपर्दो, विश्वासयोग्य र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत यसको ख्याति बढाउनका लागि सरकार तथा सम्बद्ध निकायले ठूलै कसरत गर्नुपर्ने देखिन्छ ।’

नेपालमा हवाई दुर्घटना हुने गरेको छ भन्ने बारेमा विस्तृत अध्ययन गरी समस्याको समाधान गर्ने उपायका बारेमा सुझाव दिन एउटा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न, नागरिक उड्डयनसँग सम्बन्धित प्रभावकारी कानून बनाउन र युरोपेली युनियनले भनेबमोजिम नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउन जरुरी भएको रिट निवेदनमा छ । 





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार ७:१८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया