ला लिगामा बार्सिलोनाकाे सहज जित

स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले सेभियाविरुद्ध ३–० को सहज जित हात पारेको हो । बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाभी र राफिन्हाले एक/एक गोल गरे ।  

यो जितसँगै शीर्ष स्थानको बार्सिलोनाले आठ अंकको अग्रता लिएको छ । पराजित सेभिया २१ अंकका साथ १६ औं स्थानमा छ । अर्को खेलमा दोस्रो स्थानमा रहेको रियल म्याड्रिड रियल मार्लोकासँग १–० ले पराजित भयो ।

रियलको हारले बार्सिलोनालाई फाइदा भएको छ । अब बार्सिलोनाको ५३ र रियलको ४५ अंक छ । आइतबारका अन्य खेलमा गिरोनाले भ्यालेन्सियालाई १–० र रियल भालाडोलिडले रियल सोसिडाडलाई १–० ले हरायो ।  





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार ७:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया