केनको निर्णायक गोलमा टोटनहमले सिटीलाई हरायो

इंग्लिस प्रिमियर लिगमा टोटनहमले म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको छ । गएराति सम्पन्न खेलमा टोटनहमको जितमा कप्तान ह्यारी केनले निर्णायक गोल गरे ।

उनले १५ औं मिनेटमा गोल गरेका थिए । योसँगै केन प्रिमियर लिगमा टोटनहमका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले अहिलेसम्म ४१६ खेलमा २ सय ६७ गोल गरेका छन् । यसअघि यो कीर्तिमान जिम्मी ग्रेभ्सको नाममा थियो । उनले ३८१ म्याचमा २६६ गोल गरेका थिए ।   

यो हारपछि सिटीको लिग उपाधि जित्ने अभियानमा धक्का पुगेको छ । टोटनहमलाई हराएको खण्डमा सिटीले शीर्षमा रहेको आर्सनललाई दबाब दिन सक्थ्यो । 

आर्सनल ५० अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिटीको ४५ अंक छ । टोटनहम ३९ अंकका साथ पाँचौँमा स्थानमा छ । 





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार ८:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया