दाहाल, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षबीच सिंहदरबारमा भेटवार्ता चलिरहेकाे छ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख दलका शीर्ष नेताकाे भेट गराएका हुन् । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् । 

प्रधानमन्त्री प्रचण्डले सीमा सुरक्षा, राष्ट्रिय सुरक्षालगायतको विषयमा सम्बन्धित निकायका प्रमुखलाई राखेर गरेको ब्रिफिङमा देउवा र ओलीलाइ पनि सहभागी गराएका हुन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा सुरक्षा निकायका प्रमुख, मन्त्रीहरू, मुख्यसचिव र सीमा सुरक्षा अधिकारीलगायत उपस्थित छन्।





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार १६:१६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया