टर्कीमा अर्को शक्तिशाली भूकम्प, १२ सयभन्दा धेरैको मृत्यु

टर्कीमा आज विहान गएको जस्तै अर्को शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार दिउँसो साढे १ बजे गएको भूकम्प ७.५ रेक्टर स्केलको रहेको बताइएको छ । 

यसको केन्द्रविन्दू टर्कीको काहरामानमारास प्रदेशमा रहेको बताइएको छ । 

आज विहान टर्कीमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । 

पछिल्लो अपडेटअनुसार अहिलेसम्म टर्कीमा आज विहानको भूकम्पका कारण १२ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । सयौँ घाइते भएको र हजारौँ विस्थापित भएको स्थानीय मिडियाले जनाएका छन् ।

आज गएको यो दोस्रो भूकम्प पहिलो भूकम्पपछिको परकम्प नभएर छुट्टै भूकम्प भएको त्यहाँका अधिकारीले जनाएका छन् ।





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार १७:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया