शेखर कोइरालाले भने– आलोचना सहन नसक्नेले राजनीति नगर्नू, कांग्रेस सरकारमा जाँदैन
फाइल तस्वीर ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चितवन पुगेर अहिले कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । 

उनले कांग्रेस प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्ने पनि बताएका छन् । यति मात्र होइन, उनले राष्ट्रपति निर्वाचनमा चाहिँ कांग्रेसले उम्मेदवारी पनि दिने बताएका छन् ।

राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनले बताएका छन् ।

त्यस्तै, उनले प्रेस स्वतन्त्रताविना लोकतन्त्र पूर्ण नहुने बताउँदै कांग्रेसका लागि प्रेस स्वतन्त्रता महत्वपूर्ण भएको पनि बताएका छन् । ‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन,’ उनले भनेका छन्, ‘राजनीतिमा सहनशीलता चाहिन्छ । सन्चारमाध्यमको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।’





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार १७:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया